समाचार
व्यवसायीक किवी खेति सम्बन्धी ३ दिने तालिमका झलकहरु
पौवादुङमा गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका निमित्त पौवादुङमा गाउँपालिका कृषि इकाईद्वारा व्यवसायीक कृषि गर्न चाहनुहुने कृषकहरूका निमित्त मिति २०७७/११/२७ गतेदेखि आयोजित ३ दिने व्यवसायीक किवी खेति सम्बन्धी तालिम आज सम्पन्न भएको व्यहोरा अनुरोध छ। पौवादुङमा गाउँपालिकाका वडा नं १ र २ लाई लक्षित गरि तालिम आयोजना गरिएको थियो। तालिमको समापनको क्रममा कृषकहरूलाई सिकेचर समेत प्रदान गरियो। तालिमका प्रशिक्षक श्री गोपाल खतिवडा ज्यू लाई विशेष धन्यवाद।