समाचार
वडा नं. १ श्यामसिला
श्यामसिला
संघीय संरचना अनुसार भोजपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाका ६ वटा वडा कार्यालयहरुमध्ये श्यामसिला एक हो। यस वडाको उत्तरमा भोजपुर नगरपालिकाको हेलौछा, दक्षिणमा भोजपुर नगरपालिकाको आम्तेक, पूर्वमा गाउँपालिकाको मुकाम च्याङ्ग्रे र पश्चिममा भोजपुर नगरपालिकाको आम्तेक नै रहेको छ । पर्यटकीय स्थलको रुपमा २१०० मिटरमा अवस्थित अरुणडाँडा रहेको छ। यस डाँडाबाटअरुण नदी,भोजपुर, धनकुटा र संखुवासभाका बिभिन्न ठाँउहरु सहित मकालु हिमालको मनमोहक दृश्य देख्न सकिन्छ। यस वडामा १ मा.वि र ४ प्रा.वि. गरी ५ वटा विद्यालयहरु र १ स्वास्थ्य चौकी रहेका छन्। यस वडामा बाहुन,क्षेत्री,नेवार,राई तामाङ,लिम्बु, शेर्पा, कामी, दमाई, सार्की आदी जातका मानिसहरुको बसोबास रहेको छ। यहाँ अलैचीं, किवी, आलु लगयतका नगदेबालीहरुको राम्रो उत्पादन रेहेको छ । नारदमुनी थुलुङ राजमार्गले छोएको यस वडा कार्यालयमा दिन प्रतिदिन बिकासको गतिले तिब्रता लिएको छ।
जनसंख्याः २४५८
क्षेत्रफलः १२.५१ वर्ग कि.मि.
वडाध्यक्षः राजेन्द्र तामाङ
९८२३०६१०३४
वडा सचिवः रञ्जिता कार्की
९८०७३८८२४९