FAQs Complain Problems

वडा नं. ३ च्याङ्ग्रे

 च्याङ्ग्रे 

 संघीय संरचना अनुसार भोजपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाका ६ वटा वडा कार्यालयहरुमध्ये च्याङ्ग्रे एक  हो।  यस वडाको नामाकरण सम्बन्धमा  पहिले पहिले हिमाली क्षेत्रबाट तराईतर्फ भेडा, च्याङ्ग्रा लैजाँदा यहि बाटो भएर लाने हुँदा यहाँ बास राखिने गरिन्थ्यो र यहाँको चउरभरी चर्ने र उफ्रने गर्दथे। च्याङ्ग्राको बासस्थान नै अपभंश हुदै यस वडाको नाम च्याङ्ग्रे रहेको हो। पौवादुङमा गाउँपालिकाको मुकाम समेत यसै वडामा पर्दछ। यस वडाको उत्तरमा अरुण गाउँपालिकाको याकु, दक्षिणमा भोजपुर नगरपालिका, पूर्वमा यसै गाउँपालिकाको वडा नं. ४ बास्तिम र र पश्चिममा यसै गाउँपालिकाको वडा नं. १ श्यामसिला रहेको छ । पवित्र धार्मिक स्थल पञ्चकन्या मन्दिर,जाल्पादेवि मन्दिर र शिवालय मन्दिर  पनि यसै वडामा पर्दछन्। यस वडाको प्रमुख ब्यापारिक केन्द्र च्याङ्ग्रे बजार हो । बार्है महिना नसुक्ने च्याङ्ग्रे पोखरी यस वडाको प्रमुख आकर्षणको केन्द्रबिन्दु हो।  यहाबाट मकालु हिमालको मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ। वडामा १  मा.वि र ६  प्रा.वि. गरी ७ वटा विद्यालयहरु, १ अतिरिक्त  हुलाक कार्यालय, १ अस्थायी प्रहरी चौकी र १ स्वास्थ्य चौकी रहेका छन्। राई जातीहरुको बाहुल्यता रहेको यस वडामा बाहुन,क्षेत्री, राई, नेवार, मगर, तामाङ, भुजेल, कामी,दमाई,सार्की आदी जातका मानिसहरुको बसोबास रहेको छ।यस वडाका अधिकांश मानिसहरु कृषि पेशामा आवद्द रहेका छन्।

जनसंख्याः ३०३९

क्षेत्रफलः १८.९१ वर्ग कि.मि. 

वडाध्यक्षः तिर्थ बहादुर कार्की

९८०७३३५४७२

वडा सचिव: मन कुमारी तामाङ

९८०७३९७२२७

 

 

Ward Contact Number: 
९८०७३३५४७२

वडा पदाधिकारी

This is the image of ward secretary.

पूर्व वडासचिव