समाचार
अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच तथा परिचयपत्र वितरण शिविका झलकहरु
पौवादुङमा गाउँपालिका भरीका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, रोकथाम तथा पुनरस्थार्पनाका निमित्त गाउँपालिकाद्वरा मिति २०७७/११/२४ गतेदेखि आयोजित अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेषज्ञ चिकित्सकद्वारा प्रारम्भिक स्वास्थ्य जाँच तथा परिचयपत्र वितरण शिविरको आज पौवादुङमा गाउँपालिका वडा नं १ मा कार्यक्रम आयोजना गरि औपचारिक रूपमा समापन भएको व्यहोरा अनुरोध छ। शिविरमा आफ्नो अमूल्य समय तथा सहयोग प्रदान गर्नुभएकोमा डा. श्री ललित कार्की, डा. श्री कैलाश विश्वकर्मा, अल्फामेथिक असिस्टेन्ट श्री विजय तामाङ, ओथोलोजि असिस्टेन्ट श्री आशाराम चौधरी, अनुगम तथा मूल्याङ्कन अधिकृत श्री मुना डवाडी, फिजियोथेरापिस्ट श्री सोनिया पुन साथै श्री अर्पना राईलाई तथा करूणा फाउन्डेसनलाई विषेश धन्यवाद ज्ञापन गर्दछौ।
पौवादुङमा गाउँपालिका परिवार