FAQs Complain Problems

वडा नं. २ तिवारीभन्ज्याङ्ग

तिवारीभञ्ज्याङ्ग

संघीय संरचना अनुसार भोजपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाका ६ वटा वडा कार्यालयहरुमध्ये तिवारीभञ्ज्याङ्ग एक  हो। यस वडाको उत्तरमा अरुण गाउँपालिका, दक्षिणमा यसै गाउँपालिकाको वडा नं. १ श्यामसिला, पूर्वमा गाउँपालिकाको मुकाम र पश्चिममा यसै गाउँपालिकाको वडा नं. १ श्यामसिला  नै रहेको छ । पर्यटकीय स्थलको रुपमा चिवाचुङ डाँडा  रहेको छ। यस डाँडाबाट भोजपुर, धनकुटा र संखुवासभाका बिभिन्न ठाँउहरु सहित मकालु हिमालको मनमोहक दृश्य देख्न सकिन्छ। कोटगढी कालिका,छ्याङ्ग्री देविथान, देविधारा लागायतका धार्मिक स्थलहरु पनि यसै वडामा पर्दछन्।  यस वडामा १  मा.वि, १ आ.वि. र २ प्रा.वि. गरी ४ वटा विद्यालयहरु,१ ईलाका हुलाक कार्यालय, १ ईलाका प्रहरी कार्यालय र १ स्वास्थ्य चौकी रहेका छन्।  यहाँ बाहुन,क्षेत्री, तामाङ, राई,नेवार, मगर, कामी, दमाई, सार्की आदी जातका मानिसहरुको बसोबास रहेको छ। यस वडाको प्रमुख ब्यापारिक केन्द्र तिवारीभञ्ज्याङ्ग हो। नारादमुनी थुलुङ राजमार्गले छोएको यो वडामा बिकासको गतिले तिब्रता लिएको छ।

जनसंख्याः २९९९

क्षेत्रफलः १६.५९ वर्ग कि.मि.

 वडाध्यक्षः हरेन्द्र बहादुर पौडेल

९८०४०२२३२२

वडा सचिवः फूर्वा तामाङ

९८०४३९३४१४

Ward Contact Number: 
९८१३०४९२९४

वडा पदाधिकारी

वडा सचिव

पूर्व वडासचिव

पूर्व वडाध्यक्ष